पल शाहद्वारा उच्च अदालत पोखरामा पुनरावेदन दायर

Read Time = 1 min

पोखरा । पल शाहका तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहका तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको जानकारी दिनुभयो ।

पलविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ गते सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाइ दिए पनि पललाई बाल यौन दुरूपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो । सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो ।

ADVERTISEMENT

सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *