काठमाडौं १ मा गठबन्धनको जित सुनिश्चित छः प्रकाशमान सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उहाँले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढीरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताउनु भयो । नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गर्नुभयो । उहाँले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाउने काम गर्न चाहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो ? भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । नेता सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरुले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर आधार मानेर हामी अघि बढीरहेका छौँ । संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिनुपर्‍यो भन्नेकुरा, गठबन्धन किन बन्यो भन्नेकुरा संविधानलाई रक्षा गर्न बनेको हो । अहिलेको निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने र जनतालाई बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाएभने केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्न चाहेका छौँ । संविधान जारी गर्‍यौं तर त्यसलाई लागू गर्न आवश्यक संघीय कानूनको अभावका कारणले गर्दा संघीय सरकार, प्रान्तिय सरकार र स्थानीय सरकारहरुको अधिकार जुन छ, त्यसको कार्यान्वयन गर्न आवश्यक कानून निर्माणको आवश्यक छ । जनताले के फरक भयो भन्नेकुरा भनिरहेका छन् । उत्साहजनक छ घरदैलो कार्यक्रम । काठमाडौं १ मा गठबन्धनले नै जित्छ । स्वच्छ खानेपानी कहिले दिन्छौ भनेर कराउँछन् । शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने, स्वास्थ्यमा निःशुल्क र गुणस्तर हुनुपर्ने माग गरेका छन् ।’

नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बन्नुभएको थियो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आसन्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?