ओमसतिया गाउँपालिकाका पूर्व-अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजू दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अध्यक्ष सहितको मिलेमतोमा २० लाख ७५ हजार रुपैयाँ परिवारको सदस्य सञ्चालक रहेको समिललाई भुक्तानी दिनु भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।

अख्तियारले गाउँपालिकाका तत्कालिन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवटविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ADVERTISEMENT

यस्तै, काठमाडौं डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयका सहयोगी होमनाथ खतिवडाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका उनीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तीमध्ये दुई लाख ६१ हजार रुपैयाँको स्रोत खुलाउन नसकेको र सेवाग्राहीबाट लिएको थप पाँच हजार घुस रकम बराबरको बिगो कायम गरी जफत गर्न र कैद सजायको माग अख्तियारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज