लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई २-१ ले पराजित गरेको हो । खेलमा सुरुवाती समयमै अग्रता लिए पनि पहिलो हाफको २६औँ मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । सिटीले १० खेलाडीका बाबजुद खेलमा जित हात पार्यो ।
सिटीले खेलको १७औँ मिनेटमा जुलियन अल्भारेजको गोलमा अग्रता लियो । फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा एन्टोनी रबिन्सनले केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीको गोल पक्का गर्नुभयो ।
यस जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १३ खेलमा ३२ अंक जोडेको छ । आर्सनलको १२ खेलमा ३१ अंक छ । यता, बायर्न म्युनिख जर्मन बुण्डेसलिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । हेर्था बर्लिनलाई ३-२ गोल अन्तरले हराउँदै बायर्न शीर्षस्थानमा उक्लिएको हो । खेलको १२औँ मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाउनुभयो ।
खेलको ३७औँ मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाउनुभयो । त्यसको एक मिनेटमै एरिकले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० ले अघि बढाउनुभयो । तर, ४०औँ मिनेटमा डोडी लुकबाकियोले गोल गर्दै हेर्थालाई ३-१ को स्थितिमा ल्याउनुभयो ।
त्यसपछि खेलको ४५औँ मिनेटमा हेर्थाका डाभी सेल्केले पेनाल्टीमार्फत् गोल गरे पनि बायर्न ३-२ ले विजयी भयो । जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नले १३ खेलमा २८ अंक जोडेको छ । हेर्था ११ अंक जोडेर १४औँ स्थानमा रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच