चुनावी दौडाहामा निर्देशक लिङ्देन

Read Time = 2 mins

पाँचथर । चलचित्र निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) यतिबेला चुनावी दौडाहामा व्यस्त हुनुहुन्छ । एउटैमात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका लिङ्देन घरदैलो कार्यक्रमसहित जिल्लाका सबै पालिका तथा वडाका समर्थकसँग भेटघाटमा व्यस्त हुनुभएको हो ।

एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको पाँचथरमा त्यहाँको स्वास्थ–शिक्षामा सुधार, कृषिलाई वैज्ञानिक बजार, सीप र योग्यतालाई रोजगार, सडकलगायतका भौतिक पूर्वाधारको निर्माणमा निरन्तरतालगायत एजेण्डा लिएर लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ ।

ADVERTISEMENT

लिङ्देनले स्थानीयवासीको अगुवाइमा त्यहाँको आवश्यकता पहिचानगरी दीर्घकालिन विकास र योजनाको सुरुवात गर्ने, संस्कार, संस्कृति, पर्यटन, कला, साहित्य, सिर्जनालगायतको विकास एवं विस्तार गर्ने प्रतिबद्धताको एजेण्डा पनि लिनुभएको छ । दिनेशले ‘रित’, ‘शान्ति’, ‘अञ्जलि’, ‘तलास’लगायतका चलचित्र निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *