काठमाडौं । गीतकार प्रकाश सुवेदीको ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी’ बोलको प्रेमील गीत सृजना र सेरोफेरो युटयूव च्यानल मार्फत सार्वजनिक भएको छ। बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन र नव गायक आश्रित अधिकारीको स्वर रहेको छ।
साँचो माया गर्नेहरू एक अर्काको प्रतिक्षामा वर्षौसम्म पनि पर्खिन सक्छन् र एक अर्कामा समर्पित हुन्छन् भन्ने भाव गीतमा रहेको छ। भिडियोमा अहिलेका चर्चित नायक सुधिर श्रेष्ठ र नायिका सुशिला थापाको साथमा नारायण शर्मा, प्रेणीता शर्मा, प्रकाश सुवेदी, सुमना घिमिरे र बालकलाकार आरुसी सापकोटाको अभिनय रहेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी वरपर छायाङ्कन गरिएको गीति भिडियोमा उत्तम हुमागाईँको छायाङन, अभिमन्यु निरवीको स्कृप्ट लेखन र निशान घिमिरेको निर्देशन/सम्पादन रहेको छ।
भेट हुँदा थियौँ हामी त्यस्तै सोह्र सत्र ठ्याक्कै उमेर डबल हुँदा भइयो अलपत्र प्राय आफ्ना गीतमा एउटा सुन्दर कथा बुनेर गीत लेख्ने प्रकाशको यो गीतमा पनि विशेष कथा छ। गीतमा जीवनका दुईओटा कालखण्ड छन्।
कथाकी सान्नानी बनेकी सुशिलाले उनका प्रेमी सुधिरलाई पर्ख न हुन्छ क्या हुन्छ भन्दा भन्दै १७र१८ वर्षसम्म झुलाउँछिन्। न त बिवाह गरेर आफ्नो बनाउने न अरुसँग हिमचिम भएको देखि सहने सुशिलाको बानीले सुधिर आजित हुन्छन्।
सुधिर आफ्ना दाइ भाउजू लिएर सुशिलालाई माग्न नगएका पनि हैनन्। तर घरमा अपाङ्ग बुवा मात्र भएकी सुशिलाले यही घरमा बस्ने भए मात्र बिवाह गर्न राजी हुने प्रस्ताव राखेपछि सुधिरको दाइ भाउजू त्यो प्रस्तावलाई टुक्रयाएर भाइलाई लिएर फर्कन्छन्।
सुधिर निकै दुखी हुन्छन् र दाइ भाउजूलाई छोडेर घरबाट निस्कँदै गर्दा दाइले रोक्छन्। प्रिय अनुजको हठ र उनीहरुको वर्षौँ देखिको प्रेमको अगाडि के नै लाग्थ्यो र अन्तत सुधिर र सान्नानीको बिवाह भएरै छाड्छ। दाइले आफ्नो प्यारो भाइलाई घरज्वाईँ बस्ने गरि सान्नानीलाई सुम्पिन्छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts