काठमाडौं । रंग पत्रकार तथा नाट्यकर्मी भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’ निर्माण भएको छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक शैलीबाट सिरियल प्रस्तुत गरिएको निर्देशक अधिकारीले जानकारी गराउनुभयो ।
यसअघि ‘तीतो पिरो’समेत निर्देशन गर्नुभएका भोलाको यो सिरियलमा ‘ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गीतु पराजुली, अर्जुन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइरालालगायतको अभिनय छ । सिरियलमा समिर राईको छायांकन र ज्ञानेन्द्र कोइरालाकै सम्पादन छ ।






