राष्ट्रिय महिला भलिबल : लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

Read Time = 1 min

-ध्रुवसागर शर्मा
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ ।

सोमबार विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले ३–० को सोजो सेटमा जित निकालेको हो । एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो ।

ADVERTISEMENT

आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश नम्बर एककाबीच क्वाटर फाइनलका खेलहरु हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?