सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल फर्कदै, अवतरणको पर्खाईमा प्रहरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन्। सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन्। उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।’

उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले आज काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्।

सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। गत भदौ २१ गते १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि लामिछानेलाई प्रहरीले २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।

ADVERTISEMENT

नेपाली क्रिकेटका कप्तान रहेका उनलाई त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?