काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनलदेखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नेछ भने ३६ वटै खेलको हाइलाइट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ ।
सो अवसरमा सदस्य-सचिव घिसिङले लामो इतिहास बोकेको नेपाल टेलिभिजनसँग जोडिएर सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै कास्कीमा हुने खेललाई मात्र नभई कास्कीबाहिर हुने खेललाई पनि उत्ति नै प्राथमिकता दिएर नेपाल टेलिभिजनले गतिविधि प्रशारण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सदस्य-सचिव घिसिङले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल उत्सवलाई संसारले नियाल्ने अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले प्रत्यक्ष प्रशारण महत्वपूर्ण पाटो भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यकारी अध्यक्ष शाहले परिषद्ले बृहत् खेलकुदको प्रत्यक्ष प्रशारणका लागि नेपाल टेलिभिजनलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै प्रतियोगिता सफल बनाउने प्रमुख दायित्व परिषद्को भए पनि नेपाल टेलिभिजनको पनि उत्तिकै जिम्मेवारी हुने बताउनुभएको छ । राज्यकै कार्यक्रम भएकाले सम्पूर्ण क्षेत्रबाट सहयोग हुनुपर्नेमा शाहको जोड छ । राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच