काठमाडौं । मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन जनाइएको छ । महोत्सवमा नेपालका तर्फबाट पाँच नाटक सहभागी हुँदैछन् । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा दुई सय कलाकारको अभिनय रहने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायतलगायत १४ देशका नाटक मञ्चन हुनेछ । महोत्सवको नारा ‘सामाजिक रूपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ राखिएको छ । विदेशबाट सहभागी नाट्यकर्मीले कार्यशाला गर्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी र अन्तक्रिया समेत आयोजना हुनेछ ।
कार्यक्रममा एक लाख रुपैयाँ राशि रहेको इनोभेटिभ आइडिया अवार्डसमेत घोषण गरियो । महोत्सव भव्य र नेपालका लागि उपलब्धि मूलक हुने महोत्सवका संयोजक विजया कार्कीले बताउनुभयो ।






