मधेश प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेशस्तरीय प्रतियोगिताबाट उनीहरू छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र १२५ किलोमा राज यादव हुनुहुन्छ । त्यस्तै, पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट हुनुभएको छ ।

ADVERTISEMENT

यस्तै, महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधुकुमारी पटेल, ५५ किलोमा बाराकी प्रमिलाकुमारी साह, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलमकुमारी पटेल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?