ब्रेस्टमाथि पिएसजीको कठिन जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन् ।

पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा केही राम्रा अवसर खेर फाल्दा अग्रता बढाउने मौका गुमायो।

देलको ७० औं मिनेटमा ब्रेस्टले पेनाल्टी पाएको थियो। तर जियानलुइगी डोनारूम्माले इस्लाम स्लिमानीले प्रहार गरेको पेनाल्टी बचाउँदै अग्रता कायम राखे।

ADVERTISEMENT

यो खेल संगै पीएसजीले महत्वपूर्ण तीन अंक जोडेको हो । पीएसजीले सात खेलमा १९ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा उक्लिएको छ । ब्रेस्ट पाँच अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?