साफ यू-१७ : नेपाल र भारत भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ।

ADVERTISEMENT

समूह ‘बी’ मा रहेका नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?