सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बेठकले उनलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ले जानकारी दिनुभयो ।

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।

कानुनी उपचार खोज्ने
बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले कानुनी उपचार खोज्ने जनाएका छन् । नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्त मल्लसँग कुराकानी गर्दै कानुनी लडाइँका लागि साथ दिन क्यानसँग उनले आग्रह गरेका हुन् । ‘सन्दीपले आफू कानुनी लडाइँमा जाने बताएका थिए । त्यसका लागि एकजना वकिलको व्यवस्था गरिदिनसमेत आग्रह गरेका छन्,’ मल्लले हिटासँग भन्नुभयो, ‘सिपिएल सकेर नेपाल फर्कने र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने उनले जनाएका छन् ।’ सन्दीप हाल वेष्टइण्डिजमा क्यारेबियन प्रिमियर लिग सिपिएल) खेल्दै छन् ।

प्रहरी वृत्त गौशालामा मंगलबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो । सन्दीपमाथि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त, गौशालामा जाहेरी दिनुभएको हो । प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ ।

ADVERTISEMENT

लामिछाने भने अहिले देशमा छैनन् । उनी गत ६ भदौमा टी-२० सिरिज खेल्नका लागि केन्या गएका थिए । त्यहींबाट उनी वेष्टइण्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन् । पीडितले दिएको जाहेरीमा केन्या जानु एक दिनअघि उक्त घटना भएको हो । प्रहरीका अनुसार ती किशोरी लामिछानेकी समर्थक हुन् । उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत् कुराकानी हुन्थ्यो ।

सामाजिक सञ्जालमार्फत् नै उनीहरूले भेट्ने कार्यक्रम बनाएका थिए । किशोरीलाई लिन लामिछाने आफ्नो कार लिएर किशोरीको होस्टल पुगेका थिए । होस्टलबाट उनीहरू नगरकोट गएका थिए । नगरकोटबाट फर्कंदा रातीको झण्डै ११ बजिसकेको थियो । त्यतिञ्जेलसम्म होस्टल बन्द भइसकेकाले सन्दीपले होटलमा बस्ने प्रस्ताव गरे ।

त्यसपछि दुवैजना पिंगलास्थानस्थित होटलमा पुगेका थिए । युवतीले जाहेरीमा राती होटलमा सन्दीपले उनीमाथि दुईपटक बलात्कार गरेको उल्लेख गरेकी छन् । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सिसी) टिभी फुटेज पनि संकलन गरी अनुसन्धान थालिसकेको छ । त्यसबाहेक होटलका कर्मचारीहरूसँग पनि सोधपुछ जारी छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै लामिछानेलाई ४ पुस २०७८ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान घोषणा गरेको थियो ।

पक्राउ पुर्जी जारी
सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडांै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न सन्दीपको नाममा बिहीबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दीप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?