नापोलीसँग लिभरपुलको लज्जास्पद हार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नापोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ ।

पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो । यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक/एक गोल गरे ।

ADVERTISEMENT

लिभरपुलका लुइस लिडाजले एक गोल गरे । नेपोलीले समूह ‘ए’ मा विजयी सुरुआत गर्दा लिभरपुलको जारी सिजनको खराब लयले भने च्याम्पियन्स लिगको पहिलो खेलमा पनि निरन्तरता पायो । लिभरपुलले इङलिस प्रिमियर लिगको सुरुआती ६ खेलमा लय अनुरुपको प्रदर्शन गर्न सकेको छैन ।

लिभरपुलले प्रिमियर लिगको ६ खेलमा मात्र २ खेल जितेको छ । समूह ‘ए’ कै अर्को खेलमा आयाक्सले सुखद सुरुआत गर्ने क्रममा रेन्जर्सलाई ४-० ले हरायो । त्यस्तै समूह ‘बी’ मा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई २-१ ले निराश पार्दा क्लब ब्रुजले बायर लेभरकुसनलाई १-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?