बोधित र सुस्मितालाई स्वर्ण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जित्नुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभिएमका रुविन महर्जनलाई १२-१०, १३-११ र ११–५ को सोझो सेटमा पराजित गर्नुभयो । नुवाकोटका गनन्जय दाहाल र काठमाडौंका हिमाल विष्ट तेस्रो हुनुभयो । गल्र्सको उपाधि भिडन्तमा सुस्मिताले एभिएमकी वियांका राईलाई ११-९, ११-८ र १३-११ को सिधा सेटमा हराउनुभयो । प्रभातकी अञ्जु सुवाल र कान्तिपुर पिङपोङ क्लबकी प्रणिका कुँवर तेस्रो हुनुभयो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० नगद पुरस्कार पाउनुभयो ।

ADVERTISEMENT

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट गल्र्स सिंगल्समा एभिएमकी इभाना थापा मगर पहिलो हुनुभयो । इभानाले फाइनलमा मोर्डन कलेजकी दिया देउलालाई ११-४, १२-१० र ११-४ को सोझो सेटमा पाखा लगाउनुभयो । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र प्रोक्सिमाकी नर्वदा खाइतु तेस्रो बन्नुभयो । विजेताले सात हजार ५००, उपविजेताले तीन हजार ५०० र तेस्रोले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनुभयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?