लाइगर असफल भएपछि ६ करोड फिर्ता गर्दै विजय

Read Time = 2 mins

मुम्बई । अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो ।

फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो ।

अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म सय करोड बढी बजेटमा बनेको थियो । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन् ।

ADVERTISEMENT

विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन् । विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन् ।

‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ । निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन् ।

विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन् । तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?