चेतन सापकोटाको नेतृत्वमा संगीतकार संघको नयाँ कार्यसमिति चयन

Read Time = 1 min

काठमाडौं । संगीतकार संघ नेपालको शनिबार सम्पन्न ११औं वार्षिक साधारणसभाले संगीतकार चेतन सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संगीतकार संघ नेपालको नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान तथा महासचिवमा वसन्त सापकोटो निर्वाचित हुनुभएको छ ।

यसैगरी, कार्यसमितिको सचिवमा प्रहृलाद बोगटी, कोषाध्यक्षमा राजेश थापा निर्वाचित हुनुभएको छ । संघको सदस्यहरूमा अर्जुन पोखरेल, राजनराज शिवाकोटी, शंकर थापा ‘स्माइल’ तथा दिनेश वान्तवा निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले फूलमाला र अबिर लगाएर बधाई दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?