बागमती प्रदेशमा छनोट सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद-२०७९ मा सहभागी हुने खेलमध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुरस्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री माननीय रत्नप्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थितिमा अन्तिम चरणको खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो ।

अन्तिम चरणको सेमिफाइनल खेलहरूमा महिलातर्फ ५० केजी तौल समूहमा रामेछापकी रेजिना रञ्जितकारका विरुद्ध काभ्रेकी प्रतिष्ठा अर्यालले ५ः० अंकमा जित हासिल गर्नुभयो । त्यस्तै, पुरुषतर्फ ५४ केजी तौल समूहमा ललितपुरका आर्यन थापाका विरुद्ध मकवानपुरका सुदेश मानन्धरले ५ः० अंकका साथ जित हासिल गर्नुभयो ।

पुरुष ६० केजी तौल समूहमा दोलखाका अनिश घिसिङका विरुद्ध रसुवाका सुलभ मालीले ५ः० अंकका साथ जित हासिल गर्नुभयो । सोही तौल समूहमा मकवानपुरका एनिस पुलामीका विरुद्ध काठमाडौंका मार्सल गुरुङले ५ः० अंकका साथ जित हासिल गर्नुभयो भने ६३.५ केजी तौल समूहमा ललितपुरका सागर दर्जीका विरुद्ध काठमाडौंका मनिश श्रेष्ठले ५ः० अंकका साथ जित हासिल गर्नुभयो ।

ADVERTISEMENT

फाइनल खेलहरूमा पुरुषतर्फ ५१ केजी तौल समूहमा उमंग केसीका विरुद्ध काभ्रेका लालप्रसाद उप्रेतीले ५ः० अंकका साथ जित हासिल गर्नुभयो । यस्तै ५७ केजी तौल समूहमा ललितपुरका सुयल ढंगोलका विरुद्ध काठमाडौंका सुरोज महर्जनले वाकओभरका आधारमा जित हासिल गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?