न्यूड फोटोसुटका कारण समस्यामा रणवीर सिंह

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् ।

यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ ।

ADVERTISEMENT

न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए । जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए । उनी साढे ९ बजे प्रहरी चौकीबाट निस्किएका थिए । अधिकारीहरुले आवश्यक परेमा रणवीरलाई बोलाइने जनाएका छन् ।

रणवीरको न्यूड फोटोसुटका मामलामा एक एनजीओले गत महिना चेम्बर पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?