इलाममा किसानलाई कोदालो उपहार दिएर मनाइयो धान दिवस

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । इलाममा किसानलाई कोदालो उपहार दिएर २० औ राष्ट्रिय धान दिवस २०८० मनाइएको छ । कृषि ज्ञान केन्द्र इलाम र इलाम नगरपालिका वडा नं ९ को संयुक्त आयोजनामा सेरा बेसीमा कार्यक्रम सम्पन्न गरिएको थियोे । “जलबायु अनुकूलित कृषक मैत्री प्रबिधि धान उत्पादनमा वृद्धि”नारा दिएको कार्यक्रममा परमपरागत रोपाईलाई लोप हुन दिनुनहुने सहभागीहरुले बताएका थिए । अहिले आधुनिक प्रबिधिको बिकाश सँगै पुराना परम्पराहरु लोप हुदै गएकाले नयाँ प्रबिधिको प्रयोग संगै परपरागत सैलीलाई समेते जगेर्न गर्नका लागि पनि पुरानो सैली अपनाएर यस पटकको धान दिबश मनाईएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।

हराउँदै असारे भाकासँगै अर्मपर्म

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । इलाममा केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेको हो । यस्ले गर्दा पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत बिरलै सुनिने गरेको छ ।

ADVERTISEMENT

आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका बुढापाकाहरुको भनाई छ । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । दहि र चिउरा खाएर इलाममा केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको छ । नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी दाहाल(लिम्बु)को भनाई छ ।

यता कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म गर्ने चलन नेपालीका मौलिक चलन हुन् । यी कृषिसँग नै सम्बन्धित चलन भएकाले यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको इलाम नगरपालिका ९ का बडा अध्यक्ष गोपाल चौहान बताउनुहुन्छ । त्यसैले पनि कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो तर परम्परागत सीप र साधनलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज