‘उहिलेका भाका’ लाई सर्वोत्कृष्ट तीज गीतको अवार्ड

Read Time = 5 mins

काठमाडौं । काव्य म्युजिक सेन्टरको प्रस्तुतिमा तीज म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ । कलाकार लक्ष्मी गिरीको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा यस वर्षको तीज लक्षित गीत तथा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘उहिलेका भाका’ गीतबाट श्रीकृष्ण बम मल्लले पाउनुभयो । यस्तै सर्वोत्कृष्ट मोडेलतर्फ दुर्गेश थापालाई ‘बिच्च बिच्चमा ६’बाट प्रदान गरियो । सर्वोत्कृष्ट निर्देशक (जुरी)तर्फ मिनल श्रेष्ठले ‘आउ नाचौ’ गीतबाट पाउनुभयो ।

सर्वोत्कृष्ट नव छायाँकारमा मनिस श्रेष्ठले ‘गुल्मी तिर’ गीतबाट अवार्ड पाउनुभयो । सर्वोत्कृष्ट छायाँकारमा नरेश ऐराले ‘माइती देश प्यारो’गीतबाट पाउनुभयो भने वर्षकै सर्वोत्कृष्ट नव गायिका मोदिका निरौलाले ‘तीज आयो घुमेर’बाट प्राप्त गर्नुभयो ।

सर्वोत्कृष्ट गायक (पपुलर) मा होम धितालले ‘सम्धी सम्धिनी’बाट, सर्वोत्कृष्ट बालगायिकामा प्राप्ति भट्टले ‘सौतेनी छोरी’, सर्वोत्कृष्ट सम्पादकमा विनोद बलमे ‘माइतिको आगनी’, सर्वोत्कृष्ट निर्देशकमा जयराम भट्टले ‘बेसारे माया’बाट अवार्ड प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

यस्तै सर्वोत्कृष्ट गायकतर्फ प्रकाश कटुवालले ‘जान्न बाबा जान्न’ गीतबाट अवार्ड पाउन सफल हुनुभयो । यस्तै सर्वोत्कृष्ट ऐरेन्जरमा केसब बडुले ‘देवर ज्यु को विहे’बाट, सर्वोत्कृष्ट गायिकामा जुना रिजाल काफ्लेले ‘उहिलेका भाका’बाट, सर्वोत्कृष्ट नवमोडेल प्रमेश्वर दाहालले ‘तीज आयो’बाट, सर्वोत्कृष्ट नवमोडेल (महिला) सावित्री पुरीले ‘रेशमी सारी’बाट, सर्वोत्कृष्ट बाल कलाकार जेमिन/जेभिस श्रेष्ठ ‘विच्च बिच्च मा६’ बाट, सर्वोत्कृष्ट नवगायक रञ्जित विश्वकर्माले ‘लरि लरि लै’ बाट, सर्वोत्कृष्ट लय संगीता पौडेलले ‘छोरीको वेदना’बाट, सर्वोत्कृष्ट नव ऐरेन्जरमा कपिल आर के मगरले ‘जोवन’ बाट, सर्वोत्कृष्ट गायिका (पपुलर) तर्फ रेखा शाहाले ‘छम छम’ बाट, सर्वोत्कृष्ट मौलिक भाकातर्फ सुमी संस्कृतिले ‘तीज आयो’बाट, सर्वोत्कृष्ट नवनिर्देशकतर्फ लक्ष्मण केसीले ‘गुल्मी तिरै’बाट, सर्वोत्कृष्ट मोडल (महिला)तर्फ रविना अधिकारीले ‘बिन्दु’बाट, सर्वोत्कृष्ट शब्दतर्फ सुनिल परियारले ‘रेवन को चश्मा’बाट, सर्वोत्कृष्ट नव नायिकामा लक्ष्मी दर्नालले ‘माइतीको आगनी’बाट, सर्वोत्कृष्ट छायाँकार (जुरी) तर्फ रूपेश थापाले ‘छम छम’ बाट अवार्ड हात पार्नुभयो ।

राजेन्द्र पुरी संयोजक रहेको समारोहमा वरिष्ठ गीतकार, साहित्यकार सुरेन्द्र महर्जन अमरलाई काव्य म्युजिक रजत सम्मानबाट सम्मान गरियो । यस्तै सोहि समारोहमा काव्य कला सम्मान, काव्य राष्ट्रिय सेवक सम्मान, ज्येष्ठ नागरिक सम्मान, समाजसेवी सम्मान, मनोरञ्जन पत्रकारिता सम्मान गरी विभिन्न व्यक्तिलाई सम्मान प्रदान गरिएको थियो ।

अवार्ड समारोहको जुरीमा म्युजिक भिडियो निर्देशिका तथा म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठ, निर्देशक निरेन श्रेष्ठ र गायिका कमला गौतम (स्मृति) रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?