सुपर डान्सर नेपालमा गोविन्दा दम्पती

Read Time = 4 mins

काठमाडौं । रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता गोविन्दा आहुजा विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको छ । उहासँगै नेपाली चेली (उहाँकी श्रीमती) सुनितासमेत शोमा देखिँदै हुनुहुन्छ ।

सुपर डान्सर नेपालमा आबद्ध विभिन्न ब्राण्डसँग सम्बन्धित अधिकारीहरू र गोविन्दा दम्पतीबीच छलफल र आगामी कार्यक्रमबारे योजनासम्बधी ‘मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रमको आयोजना गरिएको थियो । राजधानीमा आइतबार आयोजित उक्त ‘मिट एण्ड ग्रिट’ समारोहमा सुपर डान्सर नेपालको अहिलेसम्मको प्रगति अनि शोलाई अझै उत्कृष्ट बनाउन के-कसो गर्न सकिन्छ भन्ने बारेसमेत छलफल भएको अयोजक संस्था एडी रिलिजले जानकारी दिएको छ ।

गोविन्दा दम्पतीले आफू यो शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा यस्ता उत्कृष्ट नेपाली शोमा आफूहरूको उपस्थिति रहने कुरामा आफूहरू प्रतिबद्ध रहेको जनाए । नेपाली चेली र ज्वाइँको उपमा पाउँदा आफूहरूलाई गर्व हुने साथै ज्वाइँ र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफूहरू पक्कै आउनेसमेत उहाँहरूले बताउनु भएको छ ।

ADVERTISEMENT

सुपर डान्सर नेपालमा आबद्ध ब्राण्डका प्रतिनिधि/अधिकारीले शोको प्रोडक्सन भ्यालु उच्चस्तरीय रहेको र यसमा संलग्न हुन पाउदा खुशी व्यक्त गर्दै शोको सफलताको शुभकामना समेत दिनुभयो । उक्त कार्यक्रममा सुपर डान्सर नेपालका प्रायोजक ब्राण्डहरू रियल मी नेपालका कन्ट्री हेड मुनिष गिरी, डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य, जगदम्बा मोटसका सीईयो दीपक अग्रवाल, डाबर नेपालका हेड अफ मार्केटिङ अभय गोर्खाली, सूर्य नेपालका असिस्टेन्ट म्यानेजर नवीन सरोजलगायत विशिष्ठ अतिथिहरूको उपस्थिति थियो ।

सुपर डान्सर नेपालको यसै हप्ता प्रशारण हुने ग्राण्ड प्रिमियर एपिसोडका लागि गोविन्दा र सुनिता यतिबेला नेपालमै हुनुहुन्छ । शो को शुटिङपश्चात् उहाँहरू भारत फर्किने बताइएको छ । देशभरबाट छानिएका सयौ डान्सर भाइ-बहिनीबाट पनि अब्बल सावित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उहाँहरूका १२ सुपर गुरुहरू शो ले छानिसकेको छ । अबको हप्ताबाट उहाँहरूबीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मंसिर दोस्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्नेछ ।

कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युबमार्फत यो शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ । सल्लाहकार रमेश श्रेष्ठ रहेको उक्त कार्यक्रमको संयोजकमा अनुभवी तथा बहुप्रतिभाशाली व्यक्तित्व राजेन्द्र पुरीको सफल सम्योजकत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?