कृति विमोचन तथा रचना वाचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं ।  घुम्ती कवि गोष्ठीको ११७औं रचना वाचन कार्यक्रम सम्पन्न भयो । त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न उक्त कविगोष्ठीको प्रमुख अतिथि दुर्गा अधिकारी भमरकोटे रहनुभएको थियो ।

कृष्णप्रसाद बस्याल, तिलक लुइँटेल, बिसु केसी, नारायण नेपाल तथा बुनपा-१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई अतिथिको भूमिकामा रहनुभएको उक्त कार्यक्रममा स्रष्टा नारायण नेपालको बालउपन्यास ‘दाजु-बहिनीका कुरा’ लोकार्पण गरिएको थियो ।

बुनप-१२ कपनस्थित पूर्णप्रकाश नेपाल ‘यात्री’को नाममा स्थापना गरिएको ‘यात्री पुस्तकालय’को हलमा आयोजित उक्त कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठीका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रमा विनोद दाहाल ‘वत्स’, बिसु केसी, ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल, मिसन अधिकारी, किशोर श्रेष्ठ, विकल त्यागी, ओककार नेपाल, सुशील आचार्यलगायत कविहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा निबन्ध आचार्य, सम्मान आचार्य, मोहन कार्कीको पनि उपस्तिथि थियो । वाचन गरिएका कवितामाथि लुइँटेलले टिप्पणी गर्नुभएको थियो भने रामचन्द्र दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?