फिल्म फ्लप भएपछि विक्षिप्त बनेका आमिर अमेरिका जाँदै

Read Time = 1 min

मुम्बई । आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्षसम्म काम गरे । यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिएनन् । जसकारण फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । फिल्म बक्सअफिसमा असफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन् ।

आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका लागि अमेरिका जान लागेका हुन् । उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन् । उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका विषयमा छलफल गर्नेछन् ।

ADVERTISEMENT

आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ । यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्याम्पियन’को अफिसियल रिमेक हुनेछ । ओरिजिनल स्पेनिस फिल्मको कथा कमेडी ड्रामामा आधारित छ । यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्रसन्नाले गर्नेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *