नवौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ । आइतबार पोखरा रङ्गशालामा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो ।

उद्घाटनपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, सम्पूर्ण तयारी र प्रतियोगिताको अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट हुने जानकारी दिनुभयो । मन्त्री गहतराजले सङ्घीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको बताउनुभयो ।

ADVERTISEMENT

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेश लागिपरेको बताउनुभयो । सफल बनाउनका लागि प्रदेश सरकारलाई सहयोग गर्ने र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सचिवालय उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने भनेकै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ सहयोग गर्ने बताउनुभयो । प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ भने केही खेल काठमाडौंमा आयोजना हुने सम्भावना पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?