रियल म्याड्रिडको सानदार जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

म्याड्रिड । साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गर्नुभयो । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काउनुभयो ।

एवान्का बालाइडोस भिगोमा शनिबार राती भएको खेलको १४औँ मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । रेनाटो तापियाले पेनाल्टी बक्सभित्र हृयान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुक्नुभएन ।

२३औँ मिनेटम इयागोले पेनाल्टीमार्फत् नै गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ४१औँ मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाउनुभयो । ५६औँ मिनेटमा भिनिसियसले मोड्रिचकै पासमा गोल गर्नुभयो ।

ADVERTISEMENT

६६औँ मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा गोल गरेपछि रियल खेलमा ४-१ ले विजयी भयो । लगातार दोस्रो जितसँगै रियल ६ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अङ्क नै रहे पनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा एक अङ्क जोडेर १४औँ स्थानमा रहेको छ ।

यता इटालियन सिरी एमा इन्टर मिलानले स्पेजियामाथि ३-० को सहज जित हात पारेको छ । इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको ३५औँ मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिन सफल भयो । ५२औँ मिनेटमा हकानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पार्नुभयो ।

त्यसपछि ८२औँ मिनेटमा जोआकिन कोरेआले इडेन जेकोको पासमा गोल गर्दै टोलीको जित पक्का गर्नुभयो । लगातार दोस्रो जितसँगै इन्टर ६ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेजिया तीन अङ्क जोडेर ११औँ स्थानमा रहेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?