सांगीतिक एल्बम ‘समायोजन’ विमोचन

Read Time = 2 mins

काठमाडौं । गायक दीपक लिम्बूको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको विमोचन गरिएको हो । राजधानी काठमाडौंमा अवस्थित मण्डला थिएटरमा एक कार्यक्रमबीच सार्वजनिक सांगीतिक एल्बममा चारवटा गीत छन् ।

एक गीतमा गायक लिम्बूलाई त्रिशाला गुरुङले स्वरमा साथ दिनुभएको छ । ‘समायोजन’को निर्माण तथा व्यवस्थापन रुकमान लिम्बूले गर्नुभएको हो । रुबुषा क्रियटिभ वक्र्सको प्रस्तुति रहेको एल्बममा समावेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

एल्बम विमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सूर्यबहादुर मगर, हेमराज लिम्बू, उत्तम केसी, भीषण मुकारुङ, तारा प्रकाश लिम्बू, विनोद न्यौपाने, चन्द्रकुबेर खापुङलगायत थुप्रै श्रष्टा तथा पत्रकारको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अग्रजहरुले दीपक लिम्बूको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दीपक लिम्बू र इशिका लिम्बू फिचर्ड हुनुहुन्छ । महेश पौडेलले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको हो ।

लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हाल्नुभएको छ । युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मिहिनेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *