दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न

Read Time = 3 mins

काठमाडौँ । पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ । बुधबार राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरियो । गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको हो ।

एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाइ त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् । समायोजन’ को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन् । रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

ADVERTISEMENT

एल्बम बिमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सुर्य बहादुर मगर, हेमराज लिम्बु, उत्तम केसि, भीषण मुकारुङ, तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने, चन्द्र कुबेर खापुङ्ग लगायत थुप्रै श्रस्टा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अग्रजहरुले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गरेका थिए ।

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् । महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् । युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मेहनत गरेका छन् ।  एउटा सामान्य परिवारले देखेको सपना पुरा गर्न गरेको मेहनतको कथा भिडियोले बोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *