वृत्तचित्र ‘सहायक श्रीमान’लाई अमेरिकामा अवार्ड

Read Time = 2 mins

काठमाडौं । अमेरिकाको एटलाण्टामा ४ देखि ७ अगष्टसम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिबलमा नेपाली वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले अवार्ड हात पार्न सफल भएको छ ।

बहुपति प्रथाको विषयमा निर्माण भएको ‘सहायक श्रीमान्’लाई ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ प्रदान गरिएको हो । वृत्तचित्र गणेश पाण्डेयले निर्देशन गर्नुभएको हो । वृत्तचित्रले जितेको अवार्डको विषयमा निर्देशक पाण्डले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैंमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’

ADVERTISEMENT

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्लालगायत कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नु भएको हो । वृत्तचित्रमा लेखन पनि निर्देशक पाण्डेयकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?