स्वस्तिश्रीको फुटबल टोली नेदरल्यान्ड्स जाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई आइतबार एक कार्यक्रमका बीच प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित बिदाइ गर्नुभयो ।

प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलका २३ टोलीलाई उपाध्यक्ष ज्वालाले त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास व्यक्त गर्दै टोलीले नेपालको समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको इज्जत बढाउन कुनै कसर बाँकी नराख्न टोलीलाई निर्देशन दिनुभयो ।

उपाध्यक्ष ज्वालाले खेलकुदको उद्गम थलो स्कुल नै भएको भन्दै खेलाडी तयार गर्न स्वस्तिश्रीले गरेको कार्यको सराहना गर्दै खेलाडीहरूलाई उपयुक्त ज्ञान हासिल गरेर आउन शुभकामना व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

यस्तै, खेलाडीहरूलाई बिदाइ गर्नेक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामाले हल्यान्ड जाने टोलीले स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकाले शीर्ष ज्ञान प्राप्त गर्न शुभकामना व्यक्त गर्दै त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलको विकासमा कोशेढुंगा साबित हुने बताउनुभयो ।

नेपाली फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीको प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीहरूमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्त, सौरभ बरुवाल, जास्मिन सापकोटा र रिहानमान जोशी रहनुभएको छ । प्रशिक्षण कार्यक्रम साउन २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

खेलाडीहरू आफ्नो खर्चमा त्यसतर्फ प्रस्थान गर्न लागेको र व्यक्तिगत सम्बन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेतृत्वकर्ता गुरुङले जानकारी गराउनुभयो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?