नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता मल्ल

Read Time = 2 mins

काठमाडौं । अभिनेता कृष्ण मल्लले फेरि पनि नेपाल फिल्म सोसाइटीको अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित सोसाइटीको साधारणसभाले उहाँलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, सोसाइटीको उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिनुभयो । साधारण सभाबाट सोसाइटीको सातजना सदस्यहरूमा चेतबहादुर सिंह राजा, सानुकुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मदुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन हुनुभयो । साधारणसभामा नेपाल फिल्म सोसाइटीको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्तिको प्रस्ताव पेश गरिएको थियो । र, त्यसलाई सर्वसम्मत पारित गरिएको छ ।

ADVERTISEMENT

नेपाल फिल्म सोसाइटीको अमेरिका, बेलायतलगायत विभिन्न देशहरूमा शाखा विस्तार भइसकेको छ । सोसाइटीले चार वर्षदेखि अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पनि आयोजना गर्दै आएको छ । यसको पाँचौं संस्करण आगामी अक्टोबरमा हुँदैछ । पुनः अध्यक्षमा चयन भएपछि कृष्ण मल्लले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सोसाइटीले प्रयास र पहल गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *