‘उच्छेद’ भित्र गर्जिए तेजविलास

डा. गणेशप्रसाद घिमिरे
डा. गणेशप्रसाद घिमिरे
Read Time = 17 mins

कविले कविता रचेर पाठकसामुु पठाउँछ । पाठकले अध्ययन गरेर प्रतिक्रिया दिन्छ । साहित्य सिर्जनाका अनेक पाटाहरू हुुन्छन् । प्र्रत्येक पाटाहरूको आफ्नै पहिचान हुुन्छ । त्यो पहिचान साहित्यकारको र उसले सिर्जेका कृतिहरूको पनि हो । त्यसैले साहित्यलाई मानव मनको उद्वेग, उच्छ्वास, आवेग, संवेग र मनोवेग पनि भनिएको पाइन्छ । यही मनोवेगको उडानमा उडेर समाज, राजनीति, विकृति, विसङ्गतिको पाटोमा हमेशा भरिएर आएको हुुन्छ साहित्य र साहित्यकारको अनुुभव । अनुुभवको पुुञ्जमा समाहित भएका अनुुभवलाई कविले बाहिर ल्याउँछ । अतः साहित्यको महिमा र त्यसले पार्ने प्रभावलाई साहित्यकारको अभिव्यक्तिसित जोडेर हेरिएको हुुन्छ । समाजसित प्रत्यक्ष सम्बन्ध गाँस्ने साहित्यको एउटा पहिचान हो मुुक्तक ।

कथानकमा नबाँधिएको स्वतन्त्ररूपमा अभिव्यक्त भएको, समाजका सबै पक्षमा खरो व्यङ्ग्यभाव लिएर देखिएको साहित्यको एउटा विधालाई मुुक्तक मानिएको छ । मुुक्तकलाई साहित्यको स्वतन्त्र विधा मानिएको छ । यो विधाले साहित्यमा आफ्नो पहिचान बनाइसकेको छ । यो विधालाई चिनाउनुुपर्ने आवश्यकता छैन । नेपाली साहित्यको अध्ययन गर्ने पाठकले यो विधालाई समाज, देश, राजनीति आदिमा रहेका विकृतिलाई तिखो प्रहार गरेर सिस्नुुपानी लगाउने विधाका रूपमा मानेका छन् । यही हो मुुक्तक र त्यसले निर्वाह गर्ने भाव पनि । यही मुुक्तकको सङ्घारमा उभ्याएका छन् तेजविलास अधिकारीले आफूलाई ‘उच्छेद’ का माध्यमबाट ।

उच्छेदभित्रको पाटो :

उच्छेदको शाब्दिक अर्थ विनाश, संहार, सत्यानाश तथा खण्डन हो । केको सत्यानाश वा खण्डन गर्न खोजेका हुुन् नपढीकन बुझ्न गारो देखिएको छ । पढ्दै जाँदा यही कुरालाई बाहिर ल्याएका छन् अधिकारीले । उनी उक्त मुुक्तक सङ्ग्रहमा सजिलो तर जटिल, सामान्य तर गम्भीर भावलाई गहिरो तरिकाले लिएर अभिव्यक्त भएका छन् । समाजमात्र उनका लागि विषय बनेको छैन । समाजका साथै मानिसमा पलाएको लोभानीपापानीलाई उनले मुुक्तकका माध्यमबाट बाहिर ल्याएका छन् । उनी भन्छन्-

कुुकर्मको तानाबाना बुुन्न सिपालुु,

निहुुँ साना साना तुुन्न सिपालु

के हो धर्म सत्ताको शोषण मात्र, 

छोपेर सत्य मात्र असत्य गुुन्न सिपालुु ।

कति मिठास शब्दमा । कस्तो व्यङ्ग्य भावमा । यही हो मुुक्तकमा हुुनुुपर्ने धर्म र त्यसले निर्वाह गर्ने भुूमिका पनि ।

सत्ताप्रतिको मोह सबै राजनीति गर्ने व्यक्तिमा रहेको हुुन्छ । समाज परिवर्तन र राजनीतिक परिवर्तनबाट हामीले देशको काँचुुली फेरेको तथ्य सत्य हो । त्यही सत्यको आडमा आजका राजनीतिक दलहरू राप तापिरहेका छन् । त्यही तापले उनीहरूको स्वार्थ सिद्ध भइरहेको पनि छ । राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रबाट हामी गणतन्त्रमा प्रवेश गरेका छौँ । गणतन्त्रलाई नेपालको चौतर्फी विकासको आधार मानिएको थियो तर के ? गणतन्त्रले सबै दियो र ! यही सन्दर्भमा कविको मुुक्तक आउँछ-

जनजीवनले कोल्ट फेरे पो गणतन्त्र, 

न्यायलाई विवेकले टेरे पो गणतन्त्र

फलाको मात्र छ यहाँ यो वा त्यो, 

बनाउनेले नै नीतिलाई टेरे पो गणतन्त्र । 

कस्तो मीठो भाव र त्यसले व्यक्त गरेको स्वरूप । हामी गणतन्त्रमा प्रवेश गरेका छौँ । देशको राजनीतिले कोल्टे फेरिसकेको छ । तर खोइ गणतन्त्र ! त्यसमा बाँच्ने हाम्रो आधार, समाउने टेको र अडिने अढेस । टेकोविनाको गणतन्त्रले हामीलाई निल्ने हो कि भन्ने चिन्ताले कविलाई उद्वेलित बनाएको छ ।

मुुक्तक सोझो अर्थलाई बाहिर ल्याउने विधा होइन । यो त कसिलो, चोटिलो, गतिलो तरिकाले समाज, राजनीति, देशप्रति गद्दारी गर्ने व्यक्तिहरूलाई बाहिर ल्याउने आधार पनि हो । यही आधारको कसीमा खरो उत्रेका छन् अधिकारी ।

राजनीतिप्रतिको आक्रोश :

साहित्यकार राजनीतिकर्मी होइन । ऊ एउटा मतदाता हो । उसको मत पनि देशको उन्नतिका लागि रहेको हुुन्छ । तर राजनीतिमा गलत भयो देशका जनता र देशको हालतमा सुुधार नआए साहित्यकार गर्जेर सुुधारको अपेक्षामा समर्पित भएर लागेको हुुन्छ । देशको राजनीति र त्यसले दिएको अस्वस्थतालाई अधिकारी भन्छन्-

दफा केलाउने लुुट्ने अनि राजनीति भन्ने, 

जनता पेल्ने वा भुुट्ने अनि राजनीति भन्ने 

अनौठौ लाग्छ काम गर्नै दिएनन् रे, 

उल्टो खाएर अन्तै यहाँ अनि राजनीति भन्ने ।

यहाँ देखिएको शब्दको चयन र त्यसको भावमा आएको सन्दर्भले पाठकको मनलाई आकर्षित गरेको छ । कविको सुुन्दर शब्दचयनमा आएको सौन्दर्यले साहित्यको मोहनीलाई जगाएको छ । नेपालको राजनीति नेपाली र नेपालका नेताहरूबाट सञ्चालित छैन । चीन, भारत र अमेरिकाका उच्च ओहदाका व्यक्तिहरूको भ्रमणले हाम्रो देशको राजनीतिलाई पटकपटक क्षतविक्षत बनाएको छ । हाम्रो देशका राजनीतिज्ञ त्यही उपलब्धिविहीन विदशीहरूको भ्रमणमा रमाउने गरेका हुुन्छन् । शायद यी भ्रमणले नेपालको स्वरूप आजसम्म परिवर्तन भएको पनि छैनन् । यही सन्दर्भलाई उच्छेदका लेखक भन्छन् :-

मिले त रातमै बेच्नुुहुुन्थ्यो देश हजुुरले,

किन हो रातमै बदल्नुुहुुन्थ्यो देश हजुुरले ।

ADVERTISEMENT

विदेशीको इशारामा देश सञ्चालन गर्ने प्रवृत्तिको विरोधमा उत्रेका यी हरफमा कति वेदना छ । देशका राजनीति गर्ने व्यक्तिहरूप्रतिको असन्तोष व्यक्त भएको छ । राजनीतिमा निष्ठा अनिवार्य छ । निष्ठाविनाको राजनीतिले कहिल्यै पनि देशको भलो गर्दैन । आज नेपालको राजनीतिमा आस्था, निष्ठा र सत्यको खडेरी लागेको छ । राजनीतिको बाटो सही दिशामा गतिशील हुन नसकेकाका कारण देशेको अवस्था दिनानुुदिन कमजोर बनेको छ । यही कुरालाई जीवन्त बनाउँदै कविको लेखनी भन्छ :-

के भयो यो मेरो गणतान्त्रिक मुुलुकलाई, 

नेता भए व्यापारी, व्यापारी भएर नेता कतिकति । 

यो कविको सिर्जना हो । सिर्जनाले देखेको कुरा भन्छ । देखेर मौन बस्दैन साहित्यकार । यदि उसमा स्वार्थ रहेन भने । आजको राजनीतिले जुन किसिमको अवस्था देखाएको छ त्यसमा नेपालको नेपालीपन र मौलिकता हराएको छ । मौलिकता र नेपालीपन हराएको राजनीतिले हाम्रो भलो हुुँदैन भन्ने कुरालाई कविले जोडदार तरिकाले उठाएका छन् ।

व्यङ्ग्य नै प्रधान :

‘उच्छेद’ ले नेपालको राजनीतिमा देखापरेका अस्वस्थतालाई बाहिर ल्याएको छ । राजनीतिका सबै सन्दर्भ बाहिर आएका छन् । आस्था हराएपछि विश्वास हराउँछ । विश्वास गुुमेपछि निष्ठाले ठाउँ पाउँदैन । यही कुरा नेपालको राजनीतिमा अधिकारीले देखेका छन् । उनले आस्थाको राजनीति गर्न नजानेका राजनीतिलाई मागीखाने भाँडो बनाएका राजनीतिज्ञप्रति आक्रोश पोखेका छन् । नेपालीको जीवनमा परिवर्तन आउनेछ । देश र देशका जनताले परिवर्तनको भावलाई सदा मनन गरेर बाँच्ने अधिकार पाउनेछन् भन्ने आशामा लेखक रहेको देखिन्छ । नेपालको राजनीति त्यो बाटोमा नहिँडेकोमा उनलाई चिन्ताले सताएको छ । त्यो चिन्तालाई उनले उच्छेदका माध्यमबाट बाहिर ल्याएका छन् । कस्तो हो यो देशको राजनीति । बाँच्ने आशा र देशको विकासमा समर्पित नेपालीको आस्थालाई लिएर कविको मुुक्तक भन्छ :-

असार आउँदा केही घर बगाएर लैजान्छ, 

चुुनाव आउँदा इमानदार हराएर गइजान्छ 

ल्ुटिने त आखिर सोझा न हुुन् जतासुुकै 

जनताको सपना सत्ता लुुटेर लैजान्छ ।

जनतालाई सपना बाँडेर राजनीतिको रोटी सेक्ने प्रवृत्तिप्रति कविको कस्तो चोटिलो प्रहार । यो प्रहार ती स्वार्थी राजनीतिकर्मीप्रति हो । नेपालीको भावनालाई सदा सम्मान गर्ने कविले लेखनीले नेपालीलाई न्याय गरेको छ । सत्ताको सुुखमा रमेका राजनीतिका पण्डितलाई कवि व्यङ्ग्य गर्दै भन्छन् :-

सत्ताको स्वादले जिब्रो लट्टिएको छ, 

कता छ भाग ध्यान सोझिएको छ 

बुुझ्न नसकिने खेती राजनीतिको, 

जन आहतले दिनदिनै सकिएको छ । 

नेपाली जनता नेताको व्यवहारले आहत बनेका छन् । राजनीतिकर्मी सबल बनेर जीवनलाई भोगतर्फ केन्द्रित गरेका छन् । मुुक्तक सोझो अर्थलाई बाहिर ल्याउने विधा होइन । यो त कसिलो, चोटिलो, गतिलो तरिकाले समाज, राजनीति, देशप्रति गद्दारी गर्ने व्यक्तिहरूलाई बाहिर ल्याउने आधार पनि हो । यही आधारको कसीमा खरो उत्रेका छन् अधिकारी । अधिकारी नेपालीका छोराछोरी अध्ययन, जागीर र पापी पेटका लागि विदेशी भूूमिमा थन्किनुुपर्ने अवस्था एकातर्फ देख्छन् भने अर्कोतर्फ नेपाललाई राजनीतिका रूपमा लुुट्ने प्रवृत्तिले दिनानुुदिन देश खोक्रो बनेको तथ्यलाई समेत बाहिर ल्याउन सफल बनेका छन् :-

राजनीतिका नाममा लुुटाहाहरू देखियो, 

राष्ट्रसेवाका नाममा घुुस्याहरू देखियो 

जुुनै पार्टी वा पक्षमा लागे पनि जन हैरान, 

पार्टी आडमा हुने धन्दाहरू पनि देखियो । 

यहाँ कविको राजनीतिप्रतिको आस्था र विश्वास टुुटेको हो कि ? भन्ने देखिन्छ । तर यो उनको चाह होइन । यो त कविले देखेको लेखे । १३४ मुुक्तकहरूको सङ्गालो उच्छेदमा कवि तेजविलास अधिकारी चोट, व्यथा लिएर बाहिर आएका छन् । उनी राजनीतिमा देखिएको अस्वस्थताको विनाश गर्न उभिएका छन् । जनताका चाहना, इच्छा, कामना र मनोकाङ्क्षालाई कहिले पनि उच्च स्थानमा नराख्ने नेपालको राजनीतिको अव्यावहारिकपनलाई पाठकसामु उतार्न सफल बनेका छन् । राजनीतिका महापण्डित र नेपालीलाई सुनहरा सपना देखाएर सत्ताको सिरानीमा उँघिरहेका पात्रहरूलाई सुुध्रन आग्रह गरेका छन् । राणा, पञ्चायत र दरबारिया शासनको अन्त्य गर्ने नेपालीको अदम्य साहसको प्रशंसा गरेका छन् ।

सत्ताप्रतिको मोह सबै राजनीति गर्ने व्यक्तिमा रहेको हुुन्छ । समाज परिवर्तन र राजनीतिक परिवर्तनबाट हामीले देशको काँचुुली फेरेको तथ्य सत्य हो । त्यही सत्यको आडमा आजका राजनीतिक दलहरू राप तापिरहेका छन् । त्यही तापले उनीहरूको स्वार्थ सिद्ध भइरहेको पनि छ ।

देशमा परिवर्तन आयो । परिवर्तनको स्वाद नेपाली जनताले चाख्न पाएनन् भन्ने आशयले कविको चिन्ता जीवन्त बनेर देखापरेको छ । मुुक्तक आफैँमा प्रत्येक हरफमा स्वतन्त्र रहेको विधा हो । अधिकारी स्वतन्त्ररूपमा देखापरेका छन् । उनलाई नेपालीले नेपालमा पढ्न नपाएकोमा, नेपालीले नेपालमा रोजगार नभेटेकोमा, इमान्दारीसाथ राजनीति गर्ने व्यक्ति पछि परेकोमा, देशमा भ्रष्टाचार दिनानुुदिन मौलाउँदै गएकोमा, नेपाली जनतामा कुनै किसिमको परिवर्तन नआएकोमा, गरिखाने वर्गको उत्थान गणतन्त्रले नगरेकोमा क्षोभ प्रकट भएको छ ।

यो क्षोभ कविको देशप्रतिको आस्था र विश्वासको प्रतीक हो । विश्वाशिलो राजनीति, स्वस्थ प्रतिस्पर्धा, देशको चौतर्फी विकास, उन्नति र प्रगति कविको चाह बनेको छ । गणतन्त्र लुुटतन्त्र नबनोस्, राजनीति परिवार र आफन्तकेन्द्री नहोस्, नेपालीको जीवनस्तरमा सुुधार आओस् भन्ने चाहलाई ‘उच्छेद’ ले बाहिर ल्याएको छ । कविको कलमले अझ खारिला रचनाको सँगालो बाहिर ल्याउनेछ भन्ने शुुभकामनासहित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *