अन्नु र भुपेनको थारू गीत ‘चलते चलते’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारू गीत ‘चलते चलते’ सार्वजनिक गरिएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत द कन्टेन्ट नेपाल युट्युब च्यानबाट सार्वजनिक गरिएको हो । यस गीतमा लोक जी मिजारको एरेञ्ज रहेको छ ।

द कन्टेन्ट नेपालको प्रस्तुतिमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गर्नुभएको छ । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले थारू समुदाय नै भिडियोमा झल्काउनुभएको छ ।

ADVERTISEMENT

म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय छ । यस भिडियोलाई गायक, निर्देशनसँगै क्यामेरा, इडिट, कलरसमेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको छ । गायक भुपेनको यस अगाडिका थारू गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । थारू गीतसँगै भुपेनले नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरू बजारमा ल्याइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?