महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।

ADVERTISEMENT

यस्तै, समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि ३ असोज सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?