कोरोनाले रोकिएको ‘मिस लिटिल आइडल’ यस वर्ष हुने

Read Time = 5 mins

काठमाडौं । छैटौं संस्करणको ‘मिस लिटिल आइडल’ यस वर्ष आयोजना हुनेभएको छ । प्याब्सन काठमाडौं र एक्स्न इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘मिस लिटिल आइडल २०२२’ का लागि सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको यो प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष रोकिएको थियो ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउने जानकारी दिनुभयो । ‘बालिकामा निहित प्रतिभा प्रष्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मदत पु¥याउनेछ’, अध्यक्ष राईले भन्नुभयो, ‘प्रतियोगिता साउन २८ गते सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना हुनेछ ।’
प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल) प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयानुसार आवश्यक ज्ञान दिन र बालिकाहरूमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भन्नुभयो ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, उनीहरूमा आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ । यो समयको माग हो ।’

ADVERTISEMENT

यस पटकदेखी प्रतियोगितामा हरेक सहभागीलाई उनीहरूमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधीसहित सम्मान गरिने छ । ‘सहभागी विद्यार्थीमा जे क्षमता छ, त्यसमा निख्खार ल्याउने र सोहीअनुसार प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सबैलाई सम्मान गरिने छ’, कोरियोग्राफर रोजिन शाक्यले भन्नुभटो, ‘यसले सहभागीहरूमा उत्साह र प्रेरणा मिल्नुका साथै भविश्यमा केही गर्नुपर्छ भन्ने भावना जागृत गराउने छ ।’

विद्यालयको सिफारिशमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइनेछ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राई (दाहाल) को संयोजकत्वमा सूर्य भण्डारी, अनिल पराजुली, जेसिका चेम्जोङ र कृष्ण भण्डारी सम्मिलित पाँच सदस्सीय कार्यक्रम संयोजन समिति गठन गरेको छ ।
२०७९ साउन ७ गतेदेखि प्रशिक्षण सुरु गरी साउन २८ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइनेछ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फष्ट र सेकेण्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सन् २००९ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?