शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागे : जितेन्द्र देव

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो ।
उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भयो । सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

उहाँले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?