जनार्दन शर्मा प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज सोमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छौँ , त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भन्नुभयो । उहाँका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।

ADVERTISEMENT

जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुनः ताकेता गरिरहे पनि अर्थ मन्त्रालयले भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्राविधिक अध्ययन सकिए पछि सो प्रकरणमा राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको बताउनुभयो । ‘प्राविधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’ हमालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?