शारीरिक सुगठन टोली माल्दिभ्स प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ ।

जुलाई १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा उमेश राई र राजु राई तथा महिलामा सुजिता मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । टिम व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेशकुमार राजभण्डारी तथा जजमा विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्ट रहनुभएको छ ।

ADVERTISEMENT

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ भने यसअघि नै माल्दिभ्स प्रस्थान गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?