‘पानी फोटो’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र ‘पानी फोटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

खगेन्द्र लामिछाने निर्देशित यो चलचित्रले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा पेश गर्छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र्र स्वयंलाई देख्न सकिन्छ ।

ADVERTISEMENT

मर्मस्पर्शी ट्रेलरले बेपत्ता भएका परिवार र आफन्तको पीडा मात्र प्रस्तुत गर्दैन, सशस्त्र द्वन्द्वका पक्षलाई प्रश्न पनि गर्छ । संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई फिल्मले चित्रण गरेको छ । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको चलचित्रलाई दीपक बज्राचार्यले खिच्नु भएको हो भने निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले सशस्त्र द्वन्द्वको कथामाथि अहिले पनि कथा भन्नु जरुरी रहेको भन्दै यसले सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्ने बताउनुभयो । चलचित्र साउन १३ गतेबाट प्रदर्शन हुने तयारीमा छ । चलचित्रमा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *