सुजितलाई तीन स्वर्ण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जित्नुभएको छ । सुजितले छात्र एक सय मिटर दौड, लङजम्प र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण जित्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको एक सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ, चार सय मिटर दौडको छात्रमा चितवनका सुदिप महतो र छात्रामा काभ्रेकी देवकी गिरी, एक हजार पाँच सय मिटर दौडको छात्रमा सिन्धुपाल्चोकका टीकाराम लोप्चन र छात्रामा सिन्धुपाल्चोककै अस्मिता भुजेल तथा सटपुटको छात्रमा चितवनका दीपेश महतो र छात्रामा काभ्रेकी बन्दना दनुवारले स्वर्ण जित्नुभयो ।

ADVERTISEMENT

प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकाल, संघीय सांसद तुलसा थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति थियो । प्रतियोगितामा एथलेटिक्ससहित भलिबल, कराँते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेल समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?