अनुपमको भाषण कला तालिम समापन

Read Time = 3 mins

पोखरा । अनुपम म्युजिक, पोखराले उद्घोषण तथा भाषण कलासम्बन्धी एक महिने तालिम शनिबार समापन गरेको छ । संस्थाका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अंग जस्तै भएको बताउनुभयो ।

पराजुलीले अनुपमले सञ्चालन गरेको अभियानमा आफूसँगै रहेको भन्दै आफू निर्वाचित भएर आएपछि वडा नम्बर-४ का महिलाहरूका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रसिद्ध गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गर्नुभयो । सुगम संगीत बसेर सुन्ने खालका हुने भएकाले कार्यक्रमहरूमा त्यस्ता सांगीतिक प्रस्तुति कार्यक्रमको सुरुमै राख्नुपर्ने धारणा राख्दै उहाँँले ‘उडेर जुन छुन्छु भन्थेँ...’ बोलको गीत गाउनुभएको थियो ।

ADVERTISEMENT

साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई समेत भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राख्नुभयो । भाषण कला र भाषिक कलालाई जोडेर कुनै प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सीप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै विकाउन पनि सही ढंगले बोल्नु आवश्यक भएको भनाइ राख्नुभयो ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् २०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, सांगीतिक, साहित्यिक क्षेत्रका सयौं जनालाई १९३ वटा तालिम सञ्चालन गरिसकेको जानकारी दिनुभयो । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान र सीपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुको आकर्षण बढेको धारणा राख्दै उहाँँले अनुपममा एक पटक भर्ना भएपछि त्यसपछिका कुनै पनि प्याकेजमा निःशुल्क तालिम दिइने भनाइ राख्नुभयो ।

प्रशिक्षार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको कार्यक्रममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापामगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देललगायतले आफ्ना अनुभव सुनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *