‘सम्राट पृथ्वीराज’ फ्लप, मानुषी छिल्लर हिट

Read Time = 1 min

मुम्बई । पूर्व वश्वि सुन्दरी मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्म बक्सअफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो ।

यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् । उनी हालै मात्र तेस्रो फिल्ममा अनुबन्ध भैसकेकी छन् । यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।

ADVERTISEMENT

मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन् । यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको निर्माण यशराज फिल्मस्ले गर्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?