इंग्ल्याण्डमाथि भारतको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लण्डन । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ५० रनले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९.३ ओभरमा १४८ रनमा अल आउट भयो । इंग्ल्याण्डका मोईन अलीले २० बलमा ४ चौका र २ छक्कासहित ३६ रन जोड्नुभयो । यस्तै हृयारी ब्रुकले २३ बलमा २ चौका र १ छक्कासहित २८ तथा क्रिस जोर्डन १७ बलमा २ चौका र १ छक्कासहित २६ रनमा नटआउट रहनुभयो ।

भारतका हार्दिक पाण्ड्याले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिनुभयो । स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिनुभयो । अर्शदीप सिंहले ३.३ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिनुभयो । त्यसअघि साउथहृयाप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पाण्ड्याले ३३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाउनुभएको थियो ।

यस्तै कप्तान रोहित शर्माले १४ बलमा ५ चौकासहित २४ रन जोड्नुभयो । तेस्रो विकेटका लागि दीपक हुडा र सूर्यकुमार यादवले ४३ रनको साझेदारी गर्दै भारतलाई अघि बढाउनुभएको थियो । दीपकले ३३ रन जोड्नुभयो । उहाँले १७ बलमा ३ चौका र २ छक्का प्रहार गर्नुभयो । सूर्य १९ बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा बटलरबाट क्याच आउट हुनुभयो ।

ADVERTISEMENT

अक्षर पटे १२ बलमा ३ चौकासहित १७ रनमा आउट हुनुभएको थियो । इंग्ल्याण्डका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिनुभयो । मोइन अलीले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिनुभयो । रोस टोपली, टाइमल मिल्स र म्याथ्यु पार्किसनले एक-एक विकेट लिनुभयो ।

भारतका कप्तान रोहित शर्माले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा लगातार १३ खेल जित्ने पहिलो कप्तानका कीर्तिमान कायम गर्नुभएको छ । यसअघि अफगानिस्तानका अस्गर अफगान र रोमाका सथीसनले लगातार १२ खेलमा जित हात पार्नुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?