काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिनेछ । काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिरहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब चार हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाउनुभएको छ ।
प्रशिक्षार्थीहरूलाई नेपाल केआइएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । फुटबल, भलिबल, तेक्वान्दो, कराँते र रग्बी खेलको प्रशिक्षण पनि दिइनेछ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिनेछन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच