मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करण सुरु

Read Time = 3 mins

काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको आवदेनसमेत खुला भएको जनाएको हो ।

पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगिताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो । १६ देखि २१ वर्षसम्मका युवायुवतीले भाग लिन पाउने प्रतियोगिता मोडलिङ तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर हो ।

एसईई तथा प्सल टु परीक्षा दिएर बसेका विद्यार्थीहरूको फुर्सद सदुपयोग गर्दै उनीहरूको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

ADVERTISEMENT

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिश कलेजमा २० लाख रुपैयाँसम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहार प्राप्त गर्नेछन् । त्यस्तै फष्र्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिश कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत रहनुभएको छ । निर्णायकले अडिशन तथा विभिन्न प्रतिस्पर्धामार्फत यस प्रतियोगिताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिश कलेज, थापथलीमा आयोजना हुनेछ ।

प्रतियोगिताका यसअगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए । जसमा ‘मिस्टर टिन वल्र्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फष्र्ट रनर अप भएका थिए, भने ‘मिस टिन वल्र्ड’ नेपाल शीर्षक विजेता स्वस्ती वैद्यले वेष्ट स्माइल तथा वेष्ट नेसनल कस्ट्युम टाइटल नेपाल भित्र्याउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?