अर्थमन्त्री जनार्दन शर्माको अयोग्यता छताछुल्ल भयो : कांग्रेस नेता घिमिरे

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अर्थमन्त्री जनार्दन शर्माको अयोग्यता छताछुल्ल भएको बताउनु भएको छ ।

नेता घिमिरेले आज एक ट्विट गर्दै के नेपालमा अर्थमन्त्री हुनसक्ने अरुमान्छे नभएको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गर्नुभएको छ ।

ADVERTISEMENT

अर्थमन्त्री शर्माको गर्भनर निलम्बन प्रकरण एउटा दृष्टान्त भएको बताउँदै नेता घिमिरेले अहिले आएर सीसीटिभीको फुटेज मेटाउनुले शर्माको थप अयोग्यता दर्शाएको बताउनु भएको छ ।

उहाँले ट्विटमा लेख्नुभएको छ–
वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नैं छ। अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ। गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो। अहिलेआएर सिसिटिभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्शाउँछ । के नेपालमा अर्थमन्त्री हुने अरुमान्छे छैनन् ? प्रमले मन्त्री फेर्नु पर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?