एउटा हुल बाँदरहरूको
वनकालीको धर्मशालाबाट
गौशालातिर आयो
घरका छतमा र छत उक्लेर
झ्याल झ्याबाट चियाउँदै
खानेकुरा खोज्न थाल्यो
काँक्राको चिरो लुट्यो एउटाले
चिरेर बेच्न राखेको बेच्न ठेलामा
अर्काले जिस्क्यायो आवाज निकालेर
कलेजबाट फर्किरहेकी केटीलाई
डराएर भाग्न लागेकी त्यो केटी
बुलाहाले दच्काएर
आइसक्रिम लुट्यो त्यसका हातबाट
र, भण्डारखालतिर पस्यो
फलपूmल बेच्ने भैया
आफ्नो टोकरी छोपेर लुङ्गीले
केराका पँहेला कोसा
चाबहिलतिर साइकल गुडायो उसले
राता र पँहेला चुरा लाएर
साउने सोमबार ब्रत बसेका आइमाई
सपक्क रातो सारी लाएका
बुलाहा रमिता हेर्दैछ
जयबागेश्वरीको छानाबाट
उसकी सुन्दरी रिसाउँछे ऊसँग
ऊ छँदाछँदै सिठ्ठी मार्छ बेकार अर्कालाई
यो थाङ्ने बुढो ढल्किएको छ उमेर
जवानी बित्दैछ
ऊ आँखा तर्छे बुलाहा बुढालाई
तिनका हातबाट लुटेका फलफूल
ऊ अलिकति दिन्छ सुन्दरीलाई
काखेनानीका लिखा टिप्दै
सुन्दरी कृतज्ञ बन्छे बुलाहाप्रति र खान्छे
यसरी अचेल सहर पसेका छन्
जङ्गली बाँदरहरू
अर्काको आस गर्छन्
अर्काले खान लागेको खानेकुरा लुट्छन्
अर्काका स्वास्नी जिस्क्याउँछन्
र, आँखा लडाउँछन् कलेजका केटीहरूमाथि
बाँदरले भरिएको छ सहर यसरी आजकाल
सहरभरि विचरण गर्न थालेपछि बाँदरहरू
अचेल पहाडी वनहरू
भीर, पाखा र पर्वतहरू
सुनसान होलान् म सम्झिन्छु
त्यता काफल फलेका होलान्
ऐँसेलु पाकेका होलान्
र, किसानहरू आफ्नो खेतीमा
गोठालो बस्नु नपरेपछि
दङ्ग होलान्, रमाएका होलान्
सिरानी हालेर आफ्नै पाखुरो
मिठा सपना देख्दै
निदाएका होलान् पिँढीमा भुसुक्क ।
कविता : वनकालीका बाँदरहरू
Read Time = 3 mins
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts