पचली भैरव नाटकको पुस्तक लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पचली भैरव सम्बन्धि नाटकको पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । शनिबार टेकूस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्यलगायतले नाटकको पुस्तक लोकार्पण गर्नुभयो ।

कौसी थिएटरमै गत कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक मञ्चन भएको थियो । चन्द्रमान मुनिकारले संकलन गरेको कथामा निर्देशन पनि उहाँकै छ । कथाको नाट्य रूपान्तरण र सहनिर्देशन इँगिहोपो कोंइच सुनुवारले गर्नुभएको थियो । नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गर्नु भएको थियो ।

ADVERTISEMENT

पुस्तक लोकार्पण पछि उपप्रमुख डंगोलले काठमाडौंमा मूर्त सम्पदासँगै अमूर्त सम्पदा पनि रहेको बताउँदै सबै मिलेर सांस्कृतिक काठमाडौं शहर बनाउनुपर्ने बताउनुभएको थियो । उहाँले पुस्तक र नाटकको माध्यमबाट अमूर्त सम्पदा जगेर्ना हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *